देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीपीसीका नेताले आज एमाले, माओवादी र समाजवादीका शिर्ष नेता भेट्दै

देशान्तर

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै छन् ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् । उनले प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् ।

सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए ।