काठमाडौँ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
महामन्त्री शर्माले लेखेका छन् – ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौँ हामी १ संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी रु हुन्छ कसरी रु गर्छ कसले रु सल्लाह दिन्छ कसले रु यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’
कांग्रेसकै अर्का महान्त्री गगन थापाले पनि संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर प्रधानमन्त्री देउवाले पनि विधेयक ल्याएपछि आलोचना भइरहेको हो ।





प्रतिक्रिया