देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपालले भने- संविधान मिच्ने शक्तिहरूसँग वाम एकता गरिँदैन

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार संविधान मिच्ने शक्तिहरूसँग सहकार्य हुन नसक्ने बताएका छन् ।

उनले प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने जनाए ।

प्रेस संगठन धनगढीले सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने खुलासा गरे ।

वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि आफूले भूमिका खेलेको बताउँदै उनले अझै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार भएको जनाए ।