देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कृषि विकास बैंकद्वारा पार्क बनाउन सहयोग

देशान्तर

काठमाडौं – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ। बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ। बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने र कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ। बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो।