देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

देशान्तर

काठमाडौं – तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरको समग्र विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बन्दीपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउन सरकारको तर्फबाट सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे ।

भेटमा सहभागी नेपाली काङ्ग्रेसका नेता स्थानीय रेशम गुरुङका अनुसार प्रधानमन्त्री देउवाले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रुपमा थप विकास गर्न सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

भेटवार्तामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ, क्षेत्रीय होटल सङ्घ बन्दीपुरका पूर्वअध्यक्ष वैश गुरुङ लगायतको सहभागिता रहेको थियो ।