देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्छ :मन्त्री कुवँर

देशान्तर

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताए ।

कैलालीको धनगढीमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय बासिन्दाको आवश्यकता अनुसार योजना छनोट गरी कार्यक्रम कार्यान्वयन ग¥यो भने मात्रै लाभदायी हुने बताएका छन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

सो कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै देशको विकास गर्न सकिने बताउँदै उनले कार्यक्रममा सबै वर्ग समुदायका बेरोजगार नागरिकलाई सहभागी गराउनुपर्ने बताए ।

कार्यक्रममा युवा सहभागितालाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कैलाली र कञ्चनपुरका सबै पालिका तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकको सहभागिता थियो ।