देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

श्रममन्त्री कुँवरले भने- पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्छु

देशान्तर

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिएका छन् । नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हुन ।

उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताउनु भएको छ । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताए । जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उनको भनाई थियो ।

पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोध समेत गरे । अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उनले आफुले स्वदेशमै रोजगारी सृजना गर्न पहल गरिरहेको जनाकारी गराए । यसअघि आजै मन्त्री कुँवर अछाम सेवा समिति र उधोग बाणिज्य संघ कैलालीले आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा सहभागि भएका थिए ।