देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यमबुद्धको शालिक विवाद : बालेनको कदमलाई विष्णु पौडेलको समर्थन

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र्‍याप गायक यम बुद्धको शालिक निमार्ण गर्ने घोषणा गरेसँगै विवादमा फसेका छन् । यम बुद्धको शालिक निमार्ण गर्नुपर्छ/गर्नुपदैन भनेर सामाजिक सन्जालमा बहस चलेको छ । यद्यपी मेयर बालेनले महानगरको बजेटबाट नभइ आफ्नै तलबबाट यम बुद्धको शालिका स्थापना गर्ने बताएका छन् ।

र्‍याप संगीतलाई नेपाली समाजले नपचाइरहेको अवस्थामा आत्माहत्या गरेका गायकको शालिक बनाउने विषय विवादमा आउनु स्वाभिक मान्न सकिन्छ । यसैबीच नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले यम बुद्धको शालिका निर्माण गर्ने महानगरको निर्णय स्वागत योग्य रहेको ट्विटर मार्फत बताएका छन् ।

उनले महानगरको यो निर्णयलाई समर्थन गर्दै लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी) को प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

यम बुद्धको नेपाली र्‍याप संगीतमा महत्वपूर्ण योगदान छ । उनी नेपालको पहिलो र्‍याप ब्याटल ‘रअ बार्ज’का होस्ट हुन् । मयेर बालेन पनि ‘रअ बार्ज’कै उत्पादन हुन् । यम बुद्धले २०७३ माघ १ गते लन्डनमा आत्माहत्या गरेका थिए ।