देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपसभामुखमा एमालेबाट भट्टराई उम्मेदवार

देशान्तर

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गरेकि हुन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल हुन् ।

यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी थिइन् । भुसालको प्रस्तावक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ हुन् भने नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थक छिन् ।