देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कृषि विकास निर्देशनालय दिपायल राजपुरद्वारा उत्कृष्ट सात कर्मचारी पुरस्कृत

देशान्तर

काठमाडौं – कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

मातहतका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेबापत उनिहरुलाई जनही रु ३० हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका अधिकृत आठौँ तहका डम्मरसिंह भाट, कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख अधिकृत सातौँ तहका नरेन्द्र पनेरु, कृषि विकास निर्देशनालय दिपायल राजपुरका अधिकृत छैटौँ तहका केशवराज पाण्डेय, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौँ तहका मीनप्रसाद जैसी, कृषि ज्ञान केन्द्र

कञ्चनपुरका सहायकस्तर पाँचौँ तहका जनकबहादुर सिंह, कृषि विकास निर्देशनालय दिपायल राजपुरका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।

कृषि विकास निर्देशनालय दिपायलका निर्देशक जोशीले प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिने बताए ।