देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाजपासँग नजिकिँदै दाहाल

देशान्तर

काठमाडौं । छिमेकी मुलुक भारतसँग कहिले सुरुङ युद्ध त कहिले के भनेर संधै विवादमा आउने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतीय जनता पाटी ९भाजपा० विदेश विभागप्रमुख विजय चौथाइवालेमार्फत उक्त दलसँग नजिकिने प्रयासमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रम शेरबहादुर देउवापत्नी आरजुसँग निकट सम्बन्ध रहेका विजयमार्फत नै दाहालले भाजपाका उच्च नेतासँगको सम्बन्ध विस्तार गर्न लागेको बुझिाएको छ । प्रमपत्नी राणासमेत भारतमै रहेका बेला दाहालको यो भ्रमणले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि अहिलेको गठबन्धनलाई निरन्तरता दिन बल पु¥याउने धेरैको विश्लेषण छ ।

अर्को छिमेकी मुलुक चीन नेपालको कम्युनिस्ट पार्टी बीचको सकेसम्म एकता नभए पनि कार्यगत एकतका लागि प्रयास भइरहेका बेला दाहाल र राणाको भारत भ्रमणलाई अहिलेको गठबन्धनलाई निरन्तरता दिने र भाजपासँगको सम्बन्ध विस्तारका रूपमा पनि हेरिएको छ ।

शुक्रवार नयाँ दिल्ली उत्रिएका दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । साथै, भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले होटल ताज मानसिंहमा दाहालसँग शिष्टाचार भेट गरेका थिए । आफ्नो भारत भ्रमण आकस्मिक नभएको भन्दै माओवादी र भाजपा दुवै सत्तारूढ दल भएकाले दुई पार्टी बीचको सम्बन्ध विस्तारका रूपमा व्याख्या गरेका दाहालले शनिवार भारतीय विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनयमोहन क्वात्रासँग छुट्टाछुट्टै भेटेका छन् ।

दाहालसँगको भेटबारे जानकारी दिँदै विदेशमन्त्री जयशंकरले लेखेका छन्, ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

भारतको तीनदिने भ्रमणका क्रममा दाहालले आज आइतवार भारतीय प्रम नरेन्द्र मोदीसँग भेट गर्नेछन् । मोदीसँग बिहान ‘ब्रेकफास्ट मिटिङ’ तय भएको जनाइएको छ ।