देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै

देशान्तर

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने भएका छन् ।

भाजपा अध्यक्ष नाडडाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् ।

गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार बिदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।