देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

देशान्तर

काठमाडौं – नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छिन्।

सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन। “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उनले भनिन्, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु।”

यसअघि आइतबार नै उनलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उनी १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्।