देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिड–१९ सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्न आग्रह

देशान्तर

झापा – जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकाले सो आग्रह गरेको हो । बैठकले सङ्क्रमणको शङ्का लागेमा नजिको स्वास्थ्य संस्थामा गई सङ्क्रमण परीक्षण गर्न, बिनाकाममा भीडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनसमेत अनुरोध गरेको छ ।

प्रजिअ रिजालले काँकडभिट्टा प्रवेश नाकामा नगरपालिका इडिसीएम, एलओएम र नेपाल रेडक्रसले आपसमा समन्वय गरी कोडिभ–१९ को परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए। उनले जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन, वर्तमान अस्वस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण किट, भिटीएसलगायत अन्य सामग्रीको मौज्दात व्यवस्थापन गर्न लगाइएको जनाएका छन्।

उनले बैठकमा दुहागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तीमा १०० शय्या नेपाली सेनालाई तयारी राख्न निर्देशन दिएका छन्।