देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रिकेट टिमका प्रशिक्षक पुबुदुको राजीनामा

देशान्तर

खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाएका हुन् । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय  गरेको हो’, पुबुदुले भनेका छन् ।

गत मंसिरमा खुला छनोटबाट क्यानले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो  । यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा नेपालमा काम गरेका थिए ।