काठमाडौं – नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपालगायतका साना दलहरूको वाम गठबन्धन’ ले आज(बिहीबार) संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् ।
गठबन्धनको बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने भएको हो ।
गठबन्धन गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन्।
यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो ।





प्रतिक्रिया