देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्र्याक्टरले किच्दा बालकको मृत्यु

देशान्तर

काठमाडौं – भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए। बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।