देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी नदीमा बाढीको खतरा, सतर्कता अपनाउन विभागकाे आग्रह

देशान्तर

काठमाडाैं – बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको छ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।