देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ : मन्त्री कुँवर

देशान्तर

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताए।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताए । उनले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाए।

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताए ।

धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उनको भनाइ थियो ।