देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वामदेव गौतमको दल निर्वाचन आयोगमा दर्ता , चुनाव चिह्न धानको बाला !

देशान्तर

काठमाडौं – वामदेव गौतमको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

काठमाडौंमा गत असार १४ गते पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको दलको दर्ता प्रक्रियाका लागि केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए ।

दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा जुटेका छन् ।आयोगले दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिह्न चन्द्र आकारको गोलाकारभित्र धानको बाला प्रदान गरेको छ ।

सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो । उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको पाइएपछि ‘धानको बाला’ रोजिएको हो ।