देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४ मुलुकका लागि नेपाली राजदूत नियुक्त

देशान्तर

काठमाडौं – मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिको कार्यालयले विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

यस्तै मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्रा.डा. रामस्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।