देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आर्थिक अनियमितता गरेको भन्दै डा. चौरसियालाई राज्यमन्त्रीको पत्र

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुछका लागि आज पत्र काट्नु भएको छ ।

औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो ।

पत्रमा डा चौरसियाले रु १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, रु ५० लाखको लेनदेनको सरुवा गरेको, रु पाँच करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।