देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राहुल गान्धी प्रहरी हिरासतमा !

देशान्तर

काठमाडौं -नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका कांग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।

धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उनलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

इडीले शक्तिको दुरुपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा कांग्रेसका कार्यकर्ताले देशव्यापीरुपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

‘बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,’ प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन् । पार्टीका धेरै सांसदलाई पनि गान्धीसँगै पक्राउ गरिएको छ ।