देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : नेता डा कोइराला

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले नेकपा माओवादी केन्द्रले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने ।

उनले भने “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ”