देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोक्याे

देशान्तर

काठमाडौं –  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोकेको छ । आज (बिहीबार) अदुवा औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ, भने कुरीलोको प्रतिकेजी ३५० रुपैयाँ तोकिएको छ । त्यस्तै, पाकेको फर्सी प्रतिकेजी ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । आँप मालदह प्रतिकेजी २१० रुपैयाँ र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसाप्रति केजी तोकिएको छ ।