देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार महासङ्घ काठमाडौँलाई तीन लाख सहयोग

देशान्तर

काठमाडौं – दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखालाई रु तीन लाख सहयोग गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग सङ्कलन गरी दिवङ्गत पत्रकार मुलुङको नामबाट महासङ्घलाई चेक हस्तान्तरण गरिएको पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए। सो रकम अक्षय कोषमा राखी एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी वार्षिक तीन पत्रकार (एक फोटो पत्रकार र दुई खोजमूलक पत्रकारिता गर्ने पत्रकार)लाई हरेक वर्ष पुरस्कार वितरण गरिने उनले बताए।

निश्चित मापदण्ड बनाएर निष्पक्षरुपमा पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिए। दिवङ्गत पत्रकार कुलुङकी श्रीमती विष्णुकुमारी लिम्बू, पूर्वविद्यार्थी नेता थोमस बाँस्तोला र महासङ्घ काठमाडौँ शाखाका पूर्वसचिव भुपराज खड्काको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो ।