देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितुवाको छालासहित दुईजना पक्राउ

देशान्तर

काठमाडौं – चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरू पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का २९ वर्षीय मोहन सार्की रहेका छन् । पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ ।

कृष्णपुर–३ मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।