देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको छ : परराष्ट्रमन्त्री

देशान्तर

काठमाडौं – सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीलाई) अघि नबाउने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार सरकारले एसपीपी अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।

मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेपनि अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो ।

संसद्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते नै अमेरिकालाई लिखित जानकारी गराएको बताए। उनले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु ।’