देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झर्ना खोलामा ट्रष्ट पुल निर्माण

देशान्तर

काठमाडौं – बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।

यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ । समाजका प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए।

उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ । यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन् । वर्षात्का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो ।