देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्‌को दुवै सदनबाट पारित भई पेस भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक आज (बुधबार) प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।