देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

देशान्तर

काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ ९अगस्ट ९ देखि ११० गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएको छ। उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेका मन्त्रालयले आज जनाएको हो।

दुबै मन्त्रीहरुले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्ने छन्। मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ।