देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

२८औं विश्व आदिवासी दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकारले सदैव सकारात्मक भूमिका खेल्ने पनि बताए ।

उनले भने, ‘सरकारले आदिवासी जनजातिको हितका लागि महत्त्वपूर्ण कार्य गर्दै आएको छ । भाषा संस्कृतिको संवर्द्धन गर्ने कार्य मेरै नेतृत्वको सरकारले गरेको पनि जानकारी गराउन चाहन्छु ।’ उनले समावेशीकरणको नीतिलाई प्राथमिकता दिइएको दाबी पनि गरे ।

आदिवासी जनजातिको परम्परागत ज्ञान सीप र अनुभवलाई प्राथमिकता दिने नीति लिइएको प्रधानमन्त्री देउवाको भनाइ थियो । नेपालको विकासमा आदिवासी जनजातिको भूमिका अग्रणी रहेको उनले बताए । देउवाले भने, ’नेपाल बहुजाति बहुभाषी, बहुसांस्कृतिक मुलुक हो । विविधताभित्रको एकताले देश समृद्ध भएको छ ।’