देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालाजुको जुत्ता कारखानामा आगलागी

देशान्तर

काठमाडौँ – काठमाण्डौको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

काठमाण्डौ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडिदेखि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए ।

दमकलको प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।