देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किँदै

देशान्तर

काठमाडौं – जापान भ्रमणमा रहनु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार स्वदेश फर्किँदै छन् ।

गत शुक्रबार नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान जानु भएका प्रचण्डसहितको टोली बुधबार दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल रहेका छन् ।

जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनु भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए ।