देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा !

देशान्तर

काठमाडौं – बालाजु बाइपास स्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । श्री पाण्डेको ‘वान वल्र्ड फुटवेयर प्रालि’मा बुधबार बिहान ११ बजेदेखि लागेको आगो १ः३०मा नियन्त्रणमा आएको हो ।

विद्युत सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी परिस काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । अग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीका कारण कारखाना नजिकै रहेको एक घरमा सामान्य क्षति भएको छ, भने धुवाँले केही घर प्रभावित भएका छन् ।

जुत्ता स्टोर र प्रज्वनशील वस्तु भएकाले आगो छिटो फैलिएको हुन सक्ने स्थानीयको भनाइ छ । क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले बताएको छ ।