देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जना सङ्क्रमितको मृत्यु

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । अहिले नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।