काठमाडौं । संविधान र कानुनलाई आफ्नो नियन्त्रणमा लिँदै एक्लै अघि बढ्न खोज्दा राष्ट्रिय राजनीतिमा एक्लिएको प्रमुख प्रतिपक्षी एमाले र त्यसका अध्यक्ष केपी ओली आगामी निर्वाचनमा चुनावी तालमेलका लागि अन्य ठूला राजनीति दलको साथ र समर्थन नपाउने भएपछि पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने पक्षमा देखिएका छन् ।
यसअघिको आम निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्न झापामा राजेन्द्र लिङदेनसँग तालमेल गरेका ओलीले हालै सम्पन्न स्थानीय तहको चुनावमा जस्तै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि तिनै लिङदेनसँग तालमेल गर्ने निश्चित जस्तै छ । सत्ता गठबन्धनबीच तालमेल हुँदा झापामै आफैं चिप्लिने खतरा बढेपछि ओली फेरि राप्रपाको साथ लिएर अगाडि बढ्ने योजनामा लागेका छन् ।
नेपाली कांग्रेससहितका दलहरूले उसलाई चुनावी तालमेलका लागि नपत्याएपछि स्थानीय तहको निर्वाचनमा राजेन्द्र लिङदेनको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र होली वाइनका प्रतिनिधि भनेर चिनिने एकनाथ ढकालको परिवार दलसहितका समूहको साथ खोज्न पुगेको एमाले नेतृत्व आगामी मंसिरको ४ को चुनावका लागि पनि सोही अवस्थामा पुगेको छ । सरकारमा रहेका पाँच दल मात्र होइन अन्य दल पनि कांग्रेससँगै मिलेर अघि बढ्न चाहिरहेका छन् । तर, त्यसले गर्दा एक्लँदै गएको एमाले र अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता गरेका छन् ।
राप्रपाका अध्यक्ष लिङ्देनले बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटे । चुनावी तालमेलका लागि ओलीले प्रस्ताव गरेका छन् । कांग्रेससँगै मिलेर अघि बढ्ने पक्षमा राप्रपाका धेरै नेता छन् । त्यसले आगामी चुनावमा एमालेका अरू नेता होइन राप्रपाको साथ नपाए ओली आफंै निर्वाचन जित्ने अवस्था नआउन पनि सक्ने उनीहरूको आन्तरिक विश्लेषण छ । त्यसो भएकाले एमाले राप्रपालाई प्रत्यक्षतर्फ कम्ती एक दर्जन क्षेत्र छाडिदिने र ६÷७ सिटमा चुनावी जिताइदिने आश्वासन दिँदै तालमेलको प्रस्ताव अघि सारेको स्रोतको दाबी छ ।
स्थानीय तह निर्वाचन जित्नका लागि पनि ओलीले दक्षिणपन्थी र पुरातनपन्थ दलको साथ लिगेका थिए । मंसिरमा ४मा हुने प्रदेश र प्रतिनिधिसभाको सम्भावित परिणामलाई लिएर अहिलेदेखि नै अत्तालिएको देखिन्छ । सत्तारूढ पाँचदलीय गठबन्धनको शुक्रबारको निर्णय कार्यान्वयनमा जाने अवस्थामा ओली नेतृत्वको एमाले प्रत्यक्षतर्फ आधा दर्जन सिटमा मात्र सीमित हुने देखिएको छ ।





प्रतिक्रिया