देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेभित्र टिकट वितरणमा कुनै विभेद हुँदैन : ओली

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताए ।

आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको बताउँदै एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने प्रतिवद्धता जनाए ।

‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ । योग्यता पुगेकाहरूले टिकट पाउनेछन् । कसैप्रति भेदभाव हुनेछैन,’ उनले भने ।

एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको पनि बताए । आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले बताए ।