देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउने बेला आएको छ : नेता सिंह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले आफूले गरेका कामबारे प्रचार गर्ने नसकेको बताएका छन् ।

उनले यतिका परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउने गरी छलफल चलाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र १ को प्रशिक्षण कार्यक्रममा नेता सिंहले मुलुकमा राजनीति परिवर्तन आइसकेकाले अब जनताले अनुभूत हुने गरी आमनागरिकको जीवन सहज हुने गरी आर्थिक सम्पन्नतातर्फ केन्द्रित हुनुपर्ने बताए । कांग्रेसले बोलेरभन्दा पनि काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

जनताको जनादेशको अवमूल्यन गर्ने अहिले परमादेशको कुरा गर्नु गलत भएको उनले बताए । उनले कांग्रेस अरु पार्टीजस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थिति सम्हाल्दै अगाडि बढेको बताए । कांग्रेसले अब आर्थिक सम्पन्नता अभियानको कार्यक्रमसहितको एजेन्डा लिएर जनतामा जाने पनि नेता सिंहले बताए ।