देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।