काठमाडौं – निर्वाचन आयोगले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदा नेपाली कांग्रेसले आज दल दर्ता गराउने भएको छ । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको समयसीमा मंगलबार(आज)बाट समाप्त हुँदै छ ।
हालसम्म ६२ वटा राजनीतिक दलले दर्ता गराएपनि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले भने अहिलेम्म पनि नगराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेको थियो । योसँगै राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतले आयोगमा दल दर्ता गराइसकेका छन् ।





प्रतिक्रिया