देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बामदेव र बाबुरामले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने

देशान्तर

काठमाडौं – राष्ट्रिय सभा सदस्य बामदेव गौतम र डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

मंगलबार माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताए ।

उनले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधबार छलफल हुने बताउ । प्रवक्ता महराले नेता डा. भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताए ।

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक भोलि बुधबार बिहान बस्नेछ ।