देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँचथरमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

देशान्तर

पाँचथर – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको फिदिम नगरपालिका – ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले बताए।

बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिनमा रहेको फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको पाँचथर प्रहरी जनाएको छ । बुढाथोकीले शनिवार राति बालिकालाई बलात्कार गरेको आरोप छ ।

बालिकाका आफन्तले सोमवार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन् । बुढाथोकी विरुद्ध उजुरी परेलगत्तै आरोपितलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान थालिएको राईले बताए।