काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको दृष्टिकोण उस्तै रहेको बताएका छन् ।
बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कुर्सीमा पुगेपछि यसअघि एमालेका अध्यक्ष ओली पनि अनुदार भएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले प्रदेशलाई युनिट भन्ने गरेको स्मरण गर्दै उनले ओली संघीयताको पक्षमा नभएको आरोप लगाएका छन् । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पनि संघीयताप्रति अनुदार देखिएको मुख्यमन्त्री पाण्डेको आरोप छ ।





प्रतिक्रिया