देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हर्क साम्पाङले सार्वजनिक गरे अहिलेसम्म गरेका कामको विवरण

देशान्तर

सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १३ बुँदामा विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनिक सुधार र शान्तिसुरक्षा, बाटो मर्मत सम्भार तथा तटबन्धन र विपद् व्यवस्थापन लगायतका काम गरेको उल्लेख गरेका छन् ।

गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।