देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाऔं : पोखरेल

देशान्तर

काठमाडौं – नेकपा एमालेले नागरिकता विधेयकबारे सर्वदलीय बैठकमा छलफल गर्न माग गरेको छ ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् ।

राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै उनले भने, ‘अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ । सबै दलहरूले साझा धारणा गरेपछि अगाडि बढाउँदा राम्रो हुन्छ ।’

बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।