देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालेन र हर्क साम्पाङको जुहारीको चर्चा संसदमा

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ ।

नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् ।

उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए ।
साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए काठमाडौंको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका थिए ।

उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’