देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दामाथि हुँदैन : भीम रावल

देशान्तर

काठमाडौं – नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न सरकारसँग आग्रह गरे । उनले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नाग्ीरकलाई नागरिकता दिनुपर्ने बताए ।

उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गरे । उनले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप लगाए ।

सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको रु भन्दै प्रश्न गरे।