देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीमा २१ सदस्यीय पदाधिकारी हुने, उपमहासचिव ७ जना

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् ।

त्यस्तै महासचिव, ७ उपमहासचिव र ९ सचिव हुने छन् । एक कोषाध्यक्ष हुने छन्।

वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यसअघि नै घोषित भइसकेका छन् ।

उपाध्यक्ष एक जना मात्रै रहने निश्चित भए पनि २१ जना पदाधिकारी नबढ्ने गरि उपमहासचिव र सचिवको संख्यामा भने हेरफेर हुने सक्ने एक जना स्थायी समिति सदस्यले बताए ।