काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
आज शुक्रवार वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधान सभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन भइ चुनावमा जित हासिल गराउने अभियान सञ्चालन गर्न योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई निर्देशन दिएका हो । सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्ने उनको भनाइ छ ।
प्रचण्डले भने, ‘क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । पहिलो संविधान सभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरूले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् ।’
यस्तै भेलामा अध्यक्ष प्रचण्डले पार्टीमा सङ्घर्षमा जान नभइ पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो पनि गरे । सशस्त्र सङ्घर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले हिजोआज मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन थालेको बताए ।





प्रतिक्रिया